३१ आश्विन २०८३, शनिबार

उत्कृष्ट प्रहरी घोषित सइ मध्यरातमा युवतीसहित होटलबाट समातिए

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज प्रहरी नायव निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले मध्यरातमा होटलबाट युवतीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका छन् ।

जिम्मेवारी र मर्यादा विपरीत कार्य गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएपछि प्रहरीले श्रेष्ठसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका थिए ।