३१ आश्विन २०८३, शनिबार

मोदीले रविलाई दिए धन्यवाद, भने– मित्रताको प्रगाढ सम्बन्धलाई सुदृढ बनाउन प्रतिबद्ध छौँ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ८० औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएकोप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धन्यवाद व्यक्त गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत मोदीले लामिछानेलाई धन्यवाद दिएका हुन् ।

‘रवि लामिछानेजी यहाँको हार्दिक शुभकामनाका लागि धन्यवाद । हामी आपसी प्रगति र समृद्धिका लागि भारत र नेपालबीचको मित्रताको प्रगाढ सम्बन्धलाई सुदृढ बनाउन प्रतिबद्ध छौँ ।’ मोदीले एक्स (ट्वीटर)मा लेखेका छन् ।

यसअघि शनिबार सभापति लामिछानेले भारतको ८० औं स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री मोदी, भारत सरकार र त्यहाँका जनताप्रति शुभकामना व्यक्त गरेका थिए ।

‘भारतको ८० औं स्वतन्त्रता दिवसको शुभ अवसरमा, म प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ लामिछानेले लेखेका थिए, ‘निकट छिमेकीका रूपमा, हाम्रा राष्ट्रहरूबीच गहिरो सभ्यतागत सम्बन्ध मात्र होइन, सुशासन, लोकतान्त्रिक जीवन्तता र आर्थिक समृद्धिका लागि साझा आकांक्षाहरू पनि विद्यमान छन् । नेपाल र भारतबीचको मित्रता अझ सुदृढ हुँदै जाओस् र यसले यस क्षेत्रमा आपसी विकास, नवीनता तथा स्थिरतालाई प्रवर्द्धन गरोस् । भारतको निरन्तर शान्ति, प्रगति र सफलताको कामना गर्दछु ।’