१ कार्तिक २०८३, शनिबार

युवा दिवस मनाइयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको हो । दिवसको अवसरमा राष्ट्रिय युवा परिषद्ले भृकुटीमण्डपदेखि कमलादीसम्म युवा जागरण दौड आयोजना गरेको थियो भने बिभिन्न संघसंस्थाले र्‍याली निकालेका थिए ।

युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको छ । अन्तरराष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको युवा परिषद्ले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार १७३ जना अर्थात् कूल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत छ ।