३१ आश्विन २०८३, शनिबार

शान्ति, सद्भाव र सामाजिक एकताका लागि काठमाडौंमा सद्भाव र्‍याली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा सद्भाव र्याली निकालेका छन् । रोल………..

तराई मधेशमा देखिएको अशान्तिलाई अन्त्य गर्रौ, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगऔं भन्दै नागरिक अगुवाहरुले शुक्रबार काठमाडौंको माइतिघरदेखि बबरमहलसम्म सद्भाव र्‍याली निकालेका हुन् ।

र्‍यालीमा सहभागीहरुले हिंसा होइन, संवाद रोजौ, एकता हाम्रो शक्ति, हाम्रो प्रतिवद्धता, एक नेपाली साझा जिम्मेवारी, शान्ति कायम गरौं, सामाजिक सद्भाव बचाऔं लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । देशव्यापी रूपमा फैलिएको डर र त्रासलाई हटाएर शान्ति र सुव्यवस्था कायम गर्न सवै एकताबद्ध हुनुपर्ने उनीहरुले जनाएका छन् ।

गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले सुनसरी लगाएतका घटनाको छानबिन गर्न, दोषीलाई कारबाही गर्न र वार्ता सुरु गर्न आग्रह गरे ।

मुलुकमा शान्ति कायम गर्न वर्तमान परिस्थितिमा आफुहरु मध्यस्थता गर्न तयार रहेको उनीहरुको भनाइ छ । साथै उनीहरुले थप साम्प्रदायिक दङ्गा, हत्या र हिंसा रोक्न सरकारले धार्मिक संघसंस्थाहरूलाई तत्काल वार्ताको टेबलमा बोलाउनुपर्नेमा जोड दिएका छन् ।