काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज मधेवादी नेताहरूसँग छलफल गरेका छन् ।
छलफलका क्रममा बालेनले हिन्दू राष्ट्र र राजाका बारेमा पनि जवाफ दिएका नेताहरूले बताएका छन् । बालेनले आफू हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा नरहेको स्पष्ट पारे ।
हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउने भएकाले आफू त्यसको पक्षमा नभएको उनको भनाइ थियो ।
‘हिन्दू राष्ट्र बनाउने तिर छैनौँ, तराईरमधेसमा हिन्दू राष्ट्रका लागि भएको आन्दोलनको अर्को मर्म छ। पहाडतिरको अर्को मर्म छ,’ बालेनको भनाइ उद्धृत गर्दै जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले भने, ‘राजा ल्याउने पक्षमा छैनौँ। त्यसले संघीयतालाई कमजोर गर्छ।’
नेताहरूले बालेनलाई हिन्दू राष्ट्रका विषयमा प्रश्न गरेका थिए। जवाफमा बालेनले भनेका थिए, ‘हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउँछ अहिले त्यसो गर्दा ठिक हुँदैन। संघीयताको कमिटमेन्ट पनि म पूरा गरेर जान्छु।’















प्रतिक्रिया