३१ आश्विन २०८३, शनिबार

ब्रोड पिकमा हिमपहिरोमा परेकामध्ये ४ आरोहीको शव फेला

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिम पहिरो पछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ४ वटा शव फेला परेको छ ।

काराकोरम हिमशृंखला स्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक स्थलमा खटिएको उद्धार टोलीले ४ वटा शव फेला पारेको पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले बताएका छन्।

पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले इन्स्टाग्राममा एक पोस्ट गर्दै स्थलगत उद्धार टोलीले चारवटा शव फेला पारेको जानकारी दिएका छन्। बीबीसीका अनुसार यसको स्वतन्त्र रूपमा पुष्टि भने अझै हुन सकेको छैन।

यसअघि, पाकिस्तानका लागि नेपाली राजदूत रीता धितालले घटनास्थलमा शव फेला परेको खबर बारे आफू जानकार रहेको तर यसको आधिकारिक पुष्टि भने नभएको बताएकी थिइन्।

तर, ती चार शब कस कसका हुन् ? त्यो भने अझै खुलाइएको छैन ।

सो आरोहण दलमा १० जना आरोहीहरू रहेका थिए । जसअनुसार अभियान टोलीमा नादिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान), सोहेल सखी (पाकिस्तान), वाङ झोङ (चीन), निर्मल पुर्जा अर्थात निमस दाई (नेपाल) पूरबहादुर गुरुङ ‘युक्त’ (नेपाल) किली पेम्बा शेर्पा ‘किलु’ (नेपाल), निमा शेर्पा (नेपाल), नवाङ थिन्दु शेर्पा (नेपाल), ग्यालु शेर्पा (नेपाल) रहेका छन् ।