काठमाडौं । धनुषाका प्रमुख जिल्ला अधिकारीले नेपाली सेनालाई गोली हान्ने अधिकार दिएका छन् ।
सुनसरीको कप्तानगन्ज घटनालाई लिएर तराईका जिल्लामा तनाव बढ्दै जाँदा धनुषाका सीडीओ प्रेमप्रसाद लुइटेलले धनुषाको महेन्द्रनगरस्थित नेपाली सेनाको विष्णुदल गणलाई पत्र पठाउँदै गोली हान्नेसम्मको अधिकार दिएका हुन् ।
पत्रमा धनुषाका विभिन्न क्षेत्रमा लगाइको कर्फ्यु आदेश जारी गरिएको उल्लेख गर्दै शान्ति व्यवस्था कायम गर्न गोली हान्ने अधिकार दिइएको उल्लेख गरेका हुन् ।
पत्रमा भनिएको छ, ‘शान्ति व्यवस्थाका लागि नेपाली सेना समेतको आवश्यकता पर्ने देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) २ बमोजिम नेपाली सेना परिचालनको लागि अनुरोध गर्दछु। कारबाहीको दौरान शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा राख्नको लागि आवश्यकता अनुसार नेपाली सेनालाई न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार प्रत्यायोजन गर्दछु।’















प्रतिक्रिया