काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले सबै नेपाली मिल्नुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो समय भड्किएको जातीय द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै शाहले जुनसुकै भूभागमा बसेका भएपनि नेपाली मिल्नुपर्ने अपिल गरेका हुन् ।
‘यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो । त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं । हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो,’ शाहले भनेका छन् ।
नेपाली समाज सधैं आपसी मेलमिलाप र सद्भावमा बस्दै आएको उल्लेख गर्दै, देशको मौलिक मान्यताविपरीत यस्ता अवाच्छित घटनाहरू हुनु चिन्ताको विषय भएको उनको भनाइ छ ।















प्रतिक्रिया