३१ आश्विन २०८३, शनिबार

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव : शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएपछि शुक्रबार यहाँका विद्यालयहरूमा पठनपाठन बन्द रहने भएको छ। अवस्था नियन्त्रणबाहिर गएपछि बिहीबार (साउन १४) देखि कर्फ्यु लगाइएको हो।

विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ हुन सक्ने भएकाले एनप्याब्सन, प्याब्सन, हिसान र एमपी्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका हुन्।

साथै, विद्यालय छुट्टीपश्चात विद्यार्थीलाई सुरक्षित रूपमा घरसम्म पुर्‍याउन सहजीकरण गरिदिन पनि संयुक्त विज्ञप्ति मार्फत अनुरोध गरिएको छ।