३१ आश्विन २०८३, शनिबार

जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन भएको छ ।

सुनसरीको देवानगञ्ज घटनामा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनु अघि प्रदर्शन भएको हो । प्रदर्शनकारीले दोषीलाई कारबाहीको माग गरेका छन् । मेनरोडस्थित हनुमान मन्दिर क्षेत्रबाट नाराबाजी गर्दै प्रदर्शनकारी प्रशासन कार्यालयअगाडि पुगेका छन् ।

जिल्ला प्रशासन कार्यालयको गेटअगाडि सुरक्षाकर्मीले ब्यारिकेड राखेर प्रदर्शनकारीलाई रोकेको छ । देवानगञ्ज हिन्दू र मुस्लिमबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको थियो ।

घाइतेहरूको उपचार भइरहेको छ ।