९ श्रावण २०८३, शनिबार

अनसनरत डा. गोविन्द केसी सेती अस्पताल भर्ना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगिएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

डा. केसीका सहयोगी डा. अमृत जैशीका अनुसार उनलाई आईसीयूमा राखिएको छ ।

बिहीबारदेखि अनसनमा बसेका डा. केसीको आज स्वास्थ्य परीक्षणपछि चिकित्सकले उनलाई तत्काल आईसीयूमा भर्ना गर्न सुझाव दिएका थिए ।

सेती प्रादेशिक अस्पतालका चिकित्सकले गरेको स्वास्थ्य परीक्षणमा उनको रक्तचाप ११०/९० मापन भएको थियो भने रगतमा सुगरको मात्रा ५० पुगेको देखिएको थियो ।

 

 

 

Skip This