९ श्रावण २०८३, शनिबार

अनसनरत डा. गोविन्द केसीविरुद्ध ‘गो ब्याक’ भन्दै प्रदर्शन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । स्वास्थ्य क्षेत्रको सुधारका लागि सात बुँदे मागसहित धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका डा. गोविन्द केसीविरुद्ध शनिबार प्रदर्शन भएको छ ।

डा. केसीले अनसन फिर्ता लिनुपर्ने माग गर्दै अनसनस्थलबाहिर प्रदर्शन भएको हो ।

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले ‘गो ब्याक गोविन्द केसी’को नाराबाजी गरेका छन् ।

यसैबीच, डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गर्ने तयारी गरिएको छ ।

बिहीबारदेखि अनसनमा बसेका डा. केसीको स्वास्थ्य परीक्षणपछि चिकित्सकले तत्काल आईसीयूमा भर्ना गर्न सुझाव दिएका हुन् ।

सेती प्रादेशिक अस्पतालका चिकित्सकले गरेको स्वास्थ्य परीक्षणमा डा. केसीको रक्तचाप ११०/९० मापन भएको छ भने रगतमा सुगरको मात्रा ५० पुगेको पाइएको छ ।

Skip This