काठमाडौं । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ४ बजे पहिरो खस्दा छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३ वर्षीय बालक रमेश बडुवालको मृत्यु भएको हो भने उनका बुबा ३२ वर्षीय जगनाथ बडुवाल र आमा २७ वर्षीया सृजना बडुवाल घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका थिए । उनीहरु सुतिरहेको समयमा घरमाथि पहिरो खसेको थियो ।
घाइते जगनाथ र सृजनाको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया