१२ श्रावण २०८३, मंगलबार

देउवा पक्षप्रति आङदेम्बेको कटाक्ष- अभिव्यक्तिमा तर्क र विवेकको कमी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापनइतर समूहका नेताहरुको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भएको टिप्पणी गरेका छन् ।

बिहीबार कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान कार्यक्रममा नेता आङदेम्बेले विभिन्न डबलीहरूमा सुनिएका विचारहरूमा तर्क र विवेकको कमी महसुस भएको भन्दै विवेक र तर्क हराएर अहङ्कार र गालिमा रूपान्तरित भएको उल्लेख गरे ।

उनले राजनीतिलाई व्यापार वा लाभ–हानीको हिसाबबाट मुक्त गरी निस्वार्थ सेवामा रूपान्तरित गर्नु आजको पुस्ता र नेतृत्वको मुख्य कर्तव्य भएको धारणा राखे । राजनीतिको वास्तविक धरातल गरिब, निमुखा, श्रमजीवी, किसान र इमानदार कार्यकर्ता भएको उनको भनाइ छ ।

उनले कांग्रेसको नेतृत्वले नै देशको काचुली फेर्ने र मुलुकलाई समृद्ध बनाउने उल्लेख गर्दै कार्यकर्ता र जनताको विश्वासलाई सदैव जीवन्त राख्ने प्रण गरे । त्यस्तै नेता आङदेम्बेले पार्टी र देशलाई अघि बढाउन ऐतिहासिक निर्णय गर्ने समय आएको धारणा राखे ।