काठमाडौं। बैंकिङ कसुरमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज अग्रवाललाई पक्राउ गरेको हो । बैंकिङ कसुर सम्बन्धी मुद्दामा बुधवार अग्रवाललाई डिल्ली बजारबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका अग्रवाललाई प्रहरीले आजै उच्च अदालत पाटनमा उपस्थित गराएको छ । अग्रवालका छोरा शुलभ अग्रवाल पनि हाल सम्पत्ति शुद्वीकरणको कसुरमा पुर्पक्षका लागि थुनामा छन् ।







प्रतिक्रिया