काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
आज न्यायाधीस अब्दुल अजीज मसलमानको एकल इजलासले शाहविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश दिएको हो ।
मंगलबार शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए।
यस्तै अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै छलफलका लागि बोलाएको छ।
शाहविरुद्ध कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश) माथि कुटपिट गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको थियो ।







प्रतिक्रिया