८ श्रावण २०८३, शुक्रबार

डा. गोविन्द केसी साउन ७ गतेबाट अनशन बस्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी फेरि साउन ७ गतेबाट अनशन बस्ने भएका छन् ।

दार्चुलाबाट बुधबार विज्ञप्ति जारी गर्दै उनले आफ्ना माग पूरा नभएको भन्दै अनशन बस्ने घोषणा गरेका हुन् ।

केसीले न्यूनतम मापदण्डसमेत पूरा नगरेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजहरूको प्रभाव नीति निर्माणदेखि सार्वजनिक संस्थाहरूको नेतृत्व चयनसम्म देखिएको आरोप लगाएका छन् ।

डा. केसीले सरकारलाई स्वार्थको द्वन्द्व हुने गरी गरिएका नियुक्ति तत्काल बदर गर्न, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती तथा निजी कलेजमा सिट वृद्धि गर्ने निर्णय फिर्ता लिन, चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन गर्न र विगतमा भएका सम्झौताहरू लागु गर्न माग गरेका छन् ।

Skip This