९ श्रावण २०८३, शनिबार

सङ्खुवासभाको सभाखोलामा नुहाउने क्रममा बगाएर १२ वर्षीया बालिकाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका-६ स्थित सभाखोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

मंगलबार दिउँसो करिब २:४५ बजे खोलामा नुहाउने क्रममा बगाएर बेपत्ता भएकी सभापोखरी गाउँपालिका-३ निवासी १२ वर्षीया जानकी लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार खोजी गर्ने क्रममा बालिकाको शव दिव्यश्वरी हाइड्रोपावरको ड्याम नजिकै ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको थियो।

त्यसलगत्तै प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा शव बाहिर निकालिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This