११ श्रावण २०८३, सोमबार

पर्वतको बन्जीसाइड भीरबाट हाम फालेका व्यक्तिको शव निकालियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ।

बाग्लुङ नगरपालिका-१४ नारायणस्थान घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली साउन ४ गते साँझ करिब ९ बजे उक्त भीरबाट हाम्फालेका थिए।

लगत्तै उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतबाट खटिएको टोलीले फेला नपारेपछि पुनः मंगलबार बिहान उक्त गणबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्तसहित सशस्त्र प्रहरीले उनको शव करिब सवा ७ बजे फेला पारेको थियो।

टोलीले उनको शव रोप रेस्क्यु विधिद्वारा करिब १३० मिटर तल भीरबाट ३५ मिनेटको प्रयासमा निकालेको थियो। उनी सामान्य घरायसी विवादका कारण उक्त भीरबाट हाम्फालेको सशस्त्र प्रहरीले जनाएको छ।