५ श्रावण २०८३, मंगलबार

अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ ।

आइतबार सडकमा पानी जम्दा सवारी साधनको आवागमन प्रभावित भएको छ भने सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको हो । पैदल यात्रुहरूले समेत पानी छिचोल्दै यात्रा गर्न बाध्य भएका छन् ।

सम्बन्धित निकायले वर्षाका कारण जलमग्न भएका क्षेत्रमा सावधानी अपनाउन तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न भएको छ । ढल व्यवस्थापन राम्रो नभएका कारण माइतीघर क्षेत्र डुबानमा पर्ने गरेको हो ।

डुवानमा परेका सावरीसाधनलाइ ट्राफिक प्रहरी र महानगरको सहयोगमा बाहिर निकाल्ने काम गरेको थियो ।