५ श्रावण २०८३, मंगलबार

झिमरुक खोलामा एक पुरुषको शव फेला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको शव फेला परेको छ।

खोलाले बगाएको अवस्थामा गौमुखी गाउँपालिका-४ वाग्लिवाङ घर भई हाल प्यूठान नगरपालिका(४ बिजुवारमा बस्दै आएका ४२ वर्षीय राजेश सुनारको शव फेला परेको हो।

प्रहरीका अनुसार मृतक सुनार हिजो बेलुकादेखि नै डेराबाट सम्पर्कविहीन थिए। खोजतलासका क्रममा बिजुवारस्थित गणतान्त्रिक खेल मैदान नजिकको खोला किनारमा उनको प्रयोग गर्दै आएको लु १२ प ८३०० नम्बरको मोटरसाइकल, चप्पल र मोबाइल फेला परेको थियो।

लगत्तै प्रहरीले सोही क्षेत्रको खोलामा खोजी गर्दा उनको शव फेला परेको हो। घटनाको कारण अझै खुल्न सकेको छैन। प्रहरीले यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।