१२ श्रावण २०८३, मंगलबार

श्रीमतीको हत्या गर्ने ५६ वर्षीय श्रीमान पक्राउ

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा, ३ असार। आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको अभियोगमा ती ब्यक्ति पक्राउ परेका हुन ।

मादी नगरपालिका–४ डाँडागाउँ बस्ने चैनपुर नगरपालिका–७ घर भएका ५६ वर्षीय अमर बहादुर सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवादको क्रममा अमर बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी फुलमायाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मङ्गलबारे मादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।