काठमाडौं । श्रीमतीलाई कुटपिट गरेपछि बुद्ध एयरका पाइलट आदित्य कसजु प्रहरी हिरासतमा पुगेका छन् ।
श्रीमतीलाई कुटपिट गरेको उजुरीपछि ललितपुर प्रहरीले कसजुलाई पक्राउ गरेको हो । उनी पाँच दिनदेखि हिरासतमा छन् । उनकी पत्नी हेलिकप्टर परिचारिका हुन् ।
उनलाई शुक्रबार म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया