काठमाडौं । बिहीबार दिँउसोको बर्षाका कारण काठमाडौंका बिभिन्न सडक डुवानमा परेको छ ।
बर्षाका कारण काठमाडौंको माइतीघर, पुतलीसडक, धोबीखोला करिडोर लगायतका बिभिन्न स्थानका सडक डुवानमा परेका हुन् ।
बर्षाका कारण सवैभन्दा बढी व्यस्त रहने माइतीघर सडक डुवानमा परेको छ । माइतीघर क्षेत्रको पुरै सडक डुवान परेपछि सो क्षेत्रको यातायात अस्तव्यस्त बनेको हो ।
सडक डुवानमा परेपछि यातायात आवागमन र पैदलयात्रीलाई यात्रा गर्न समस्या भएको थियो । काठमाडौंका केही स्थानमा केहिबेरको बर्षाले पनि सडक डुवान हुने गरेको छ ।










प्रतिक्रिया