१२ श्रावण २०८३, मंगलबार

साउनका लागि पशुपति क्षेत्रमा तयारी पूरा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा आवश्यक तयारी गरिएको छ ।

साउन महिना र सोमबार आशुतोष भगवान शिवको महिना र बार मानिने भएकाले लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्दछन् ।

भक्तजनको सहजताका लागि आवश्यक सवै तयारी भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउनको सोमबार बोलबम यात्रीको पशुपतिनाथमा भीड लाग्छ । वैदिक ग्रन्थमा उल्लेख गरिएअनुसार महादेवले जलधारा मन पराउने भएकाले वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा अर्पण गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

तीर्थयात्रीको भीड व्यवस्थित गर्न प्रत्येक साउने सोमबार पशुपतिमा चारवटा लाइन राख्ने कोषको तयारी छ ।