१० श्रावण २०८३, आइतबार

प्रधानमन्त्रीले आज उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गर्दै

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन् ।

बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । ​

छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुँदैछन् ।

Skip This