२ श्रावण २०८३, शनिबार

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक । इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियारको इटहरीस्थित कार्यालय र टंगालको संयुक्त टोलीले खड्कालाई ६ लाख रूपैयाँ घुससहित झापाको दमकस्थित खाजाघरबाट पक्राउ गरेको हो ।

खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।