१२ श्रावण २०८३, मंगलबार

टेकनाथ रिजाललाई दुई वर्ष कैद

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा टेकनाथ रिजाललाई दुई वर्ष कैद र २० हजार जरिबाना तोकिएको छ।

मंगलबार जिल्ला अदालत, काठमाडौंले रिजाललाई सरकारी लिखत कीर्तेमा एक हवर्ष कैद र १० हजार रुपैयाँ जरिबाना तोकेको हो । त्यस्तै, उनलाई ठगी मुद्दामा एक वर्ष कैद र १० हजार जरिबाना तोकिएको छ।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले संगठित अपराधमा रिजाललाई एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकेको छ। यस्तै, राज्यविरुद्धको कसुरमा उनलार्य ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको छ।

उनलाई एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिवाना गरिएको छ। सबैभन्दा बढी एकीकृत तर्फ सजाय तोकिएकाले उनले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना भोग्नुपर्नेछ।