काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय तोकिएको छ ।
जिल्ला अदालत, काठमाडौँले खाणलाई दुई वर्ष कैद र २० हजार जरिवाना तोकिएको हो । उनलाई ठगीमा एक वर्ष कैद र १० हजार जरिवाना गरिएको छ।
त्यस्तै, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको हो । यसैगरी, राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिवाना तोकिएको जिल्ला अदालतको फैसालमा उल्लेख छ। यससँगै थप तीन महिना कैद तोकिएको छ।
अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिवाना तोकेको छ। सबैभन्दा बढी एकीकृत कसुरमा सजाय तोकिएकाले उनले दुई वर्ष कैद र २० हजार जरिवाना भोग्नुपर्नेछ।








प्रतिक्रिया