२ श्रावण २०८३, शनिबार

बुधबारदेखि पूरै सिलिन्डर ग्यास पाइने

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोलि (बुधबार) देखि पूरै सिलिण्डर ग्यास पाइने भएको छ ।

पेट्रोलियम पदार्थको अभावका कारण आधा सिलिन्डर ग्यास बिक्री हुँदै आएकोमा बुधबारदेखि भने पूरै पाइने भएको हो ।

नेपाल आयल निगम लिमिटेडले मंगलबार प्रेस विज्ञप्ति जारी गरी असार ३१ गतेदेखि पूरा सिलिन्डर ग्यास विक्री वितरणको व्यवस्था गरिएको जानकारी दिएको छ ।

पूरै सिलिण्डर ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ तोकिएको छ। केही समयका लागि आधा सिलिन्डर पनि बिक्री हुने निगमले जनाएको छ ।