२ श्रावण २०८३, शनिबार

मिडियाको गेटअघि गाडी तेर्स्याउनेलाई कारबाही हुन्छ : रवि लामिछाने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले मिडियाको गेटअघि गाडी तेर्स्याएको घटनामा जो कोही भएपनि कारबाही हुने बताएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले यसअघि नै स्पष्ट रूपमा भनिसकेकाले जो कोही भएपनि कारबाही गरिने बताएका हुन् ।

उनले भने, ‘पार्टीले भनिसक्यो। विज्ञप्ति निकाल्यो। सबैभन्दा पहिला हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनुहुँदैन। छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ भनेर हामीले भनेका छौँ र हामी त्यसमा अडिग छौँ।’यो स्पष्ट दृष्टिकोणका साथ हामी यसैमा अडिग छौँ। तत्काललाई छोडियो कि, समाइयो कि, के मुद्दा लगाइयो कि, लागेन त्यो बेग्लै कुरा हो। जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टीले जुन विज्ञप्ति मार्फत भनेको छ, पार्टी यसमा अडिग छ।’