१० श्रावण २०८३, आइतबार

कान्तिपुर कार्यालय अगाडि छाडिएको गाडी रास्वपाका नेताको

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तीनकुनेस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयको मुख्य प्रवेशद्वारअगाडि पार्किङ गरेर छाडिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको रहेको खुलेको छ ।

गाडी केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका पूर्व सदस्य रवि जयसवालको रहेको खुलेको हो । प्राप्त विवरणअनुसार बा प्रदेश ०१–०३४ च ८४८० नम्बरको उक्त गाडी प्रहरीले सोमबार क्रेनको सहायताले घटनास्थलबाट हटाएको थियो।

प्रारम्भिक अभिलेखमा गाडी सानिमा बैंकको नाममा दर्ता देखिए पनि बैंकबाट कर्जा लिएर खरिद गरिएकाले स्वामित्व हस्तान्तरणको प्रक्रिया पूरा हुन बाँकी रहेको बताइएको छ।

जयसवालले गाडी करिब एक महिनाअघि खरिद गरेको र हालसम्म आफ्नो नाममा नामसारी हुन नसकेको बताएका छन्। उनी रास्वपाको महाधिवेशनअघि केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा आबद्ध थिए।

जयसवालका पिता कन्थमणिप्रसाद कलवार रौतहटको गरुडा नगरपालिकाका प्रमुख हुन्। उनी अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका थिए। कलवारले भने आफ्नो कान्छो छोरा यसअघि नै रास्वपामा आबद्ध भइसकेको बताएका छन्।

Skip This