काठमाडौं । काठमाडौंका मिडिया हाउस अगाडि पार्किङ गरिएका शंकास्पद गाडीलाई प्रहरीले हटाएको छ ।
आज बिहानैबाट तीनकुनेस्थित कान्तिपुर दैनिक, बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरमा रहेको हिमालयन टेलिभिजनको गेटैमा निजी नम्बरप्लेटका कार पार्क गरिएका थिए ।
ति गाडीलाई प्रहरीले क्रेन लगाएर हटाएको हो । हालसम्म गाडी धनी सम्पर्कमा नरहेका र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया