काठमाडौं । राहदानी विभाग अगाडि बिहीबार पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्।
अहिलेसम्म नागरिकता नबनाएकी उनलाई जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुधन गुरूङले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । नागरिकतासँगै विवाह दर्ता पनि बनाइएको हो ।
आज मात्रै गणेशको परिवार र सरकारबीच नौ बुँदे सहमति भएको छ ।
सहमति अनुसार परिवारले शव बुझ्न तयार भएको हो ।








प्रतिक्रिया