काठमाडौं । पठाओ चालक गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिएको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक गरेपछि नेपालीले आफ्नै शरिरमा पेट्रोल छर्किएर आत्मदाह गरेका थिए ।








प्रतिक्रिया