२८ असार २०८३, आइतबार

गणेश नेपाली स्वास्थ्य अवस्था कस्तो छ ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको वीर अस्पतालमा उपचार जारी छ । महानगर प्रहरीले मोटसाइलको ह्वील लक गरे भन्दै आक्रोशित भएका उनले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका थिए ।

यसैबीच वीर अस्पतालले नेपालीको स्वास्थ्य गम्भीर र अस्थिर रहेको जनकारी दिएको छ । उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । डा. रविलाम श्रेष्ठको नेतृत्वको २१ जनाको टोली उनको उपचारमा संलग्न छ ।

नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको चिकित्सकले जानकारी दिए । चिकित्सकले भने, ‘प्रथम चरणको अपरेशन सम्पन्न गर्दा ८ बजेको थियो । हामी रातभरि नसुतिकन उपचारमै तल्लिन छौँ । तर, अहिलेसम्म केही भन्न सकिने अवस्था छैन । चिकित्सकको टोली एक ढिक्का भएर लडिरहेको छ ।’

नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेको छ ।