५ श्रावण २०८३, मंगलबार

बिलिङ मर्मतसम्भार भ्रष्टाचार मुद्दामा प्रबन्ध निर्देशक अर्यालसहित सबैलाई सफाइ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएका टेलिकममा प्रवन्ध निर्देशक संगीता पहाडी अर्यालसहित सबैले विशेष अदालतबाट सफाइ पाएका छन्।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रबन्धनिर्देशक सुनील पौडेल, प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी अर्यालसहित टेलिकमका कर्मचारीहरू प्रतिभा वैद्य, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, विनिता श्रेष्ठ, अमूल प्रधान, देवेन्द्र खतिवडा, राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा कर्ण र परमात्मा भट्टराईलाई समान ३३ करोड ४८ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दर्ता हुँदा अर्याल प्रबन्धनिर्देशक थिइन्।

यस्तै अख्तियारले ठेक्काको सम्झौतामा संलग्न एसिया इन्फो कम्पनीका साथै त्यसका वरिष्ठ निर्देशक लङ योङ्ग, एसिया इन्फोको काठमाडौं कार्यालयका तत्कालीन प्रोजेक्ट म्यानेजर ह्यवाङ वेइ (एल्लो), स्थानीय एजेन्ट अरनिको इन्टरनेसनलका निर्देशक शैलेश श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरेको थियो।

२०६८ पुस ६ गते नेपाल टेलिकम र एसिया इन्फो लिंकेज टेक्नोलोजिज (चाइना) आईएनसीबीच सम्झौता भएर कन्भर्जेन्ट रियल(टाइम बिलिङ एन्ड कस्टमर सपोर्ट ९सीआरटीबी एन्ड सीएस० बिलिङ प्रणालीको खरिदसम्बन्धी सम्झौता भएको थियो।