काठमाडौं । आज १९ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइँदै छ ।
जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो ।
तत्कालीन नेकपा (माओवादी)को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए । त्यसपछि गठित सरकारबाट भएको संविधान सभाको निर्वाचनबाट निर्वाचित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।








प्रतिक्रिया