३१ जेष्ठ २०८३, आइतबार

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कालीगण्डकी करिडोरको रुद्रवेणीदेखि चेहेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल सत्यवती गाउँपालिका–१ अस्लेवामा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक कालीगण्डकी गाउँपालिका– ३ भुस्तुङका ३४ वर्षीय लक्ष्मण थापा र मोटरसाइकलमा सवार ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको सारुले बताए ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।