७ श्रावण २०८३, बिहिबार

कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर मृत्यु हुनेमा स्थानीय भद्र बमका ९ वर्षीय छोरा सुशील बम रहेका छन् ।

शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका बमको खोजीका लागि प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।

प्रहरीले डुबेकै स्थानबाट अशक्त अवस्थामा फेला पारेपछि उपचारका लागि निसर्ग अस्पताल पुर्‍याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् ।