४ श्रावण २०८३, सोमबार

पुतलीबजार–४ का वडाध्यक्ष थापा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा । मानव बेचविखन मुद्दामा पुतलीबजार नगरपालिका वडा–४ का अध्यक्ष शिवबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको उजुरी पश्चात मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै अब अनुसन्धान अघि बढ्ने बताए ।

२०७९ को स्थानीय तह निर्वाचनमा थापा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

थापा निर्वाचित भएपश्चात १५ महिना जिम्मेवारीमा काम गरे पनि २०८० भदौ १५ गते स्वास्थ्य उपचारका लागि भन्दै वडा सदस्य लिलावती पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएर सम्पर्कविहीन भएका थिए ।

दुई महिना अघि मात्र नेपाल फर्किएका थापाले अमेरिका रहेको बेलाको पनि नगरपालिकाबाट सेवा सुविधा लिएको खुलेको छ । नगरपालिकाले थापालाई २०८० भदौदेखि २०८१ असार महिनासम्मको सेवा सुविधा दुई लाख ७६ हजार १९० रुपैयाँ भुक्तानी गरेको बताइएको छ ।