काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको पाङ्ग्रामा आगो देखिएको छ ।
आज बिहान ७ बजे इस्तानबुलबाट काठमाडौं आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो देखिएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।
दमकल प्रयोग गरेर आगो निभाइएको थियो । यात्रुहरुलाई आकस्मिक ढोका खोलेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।
विमानमा २७७ यात्रु थिए । सबै यात्रु सकुशल रहेको बताइएको छ ।








प्रतिक्रिया