५ श्रावण २०८३, मंगलबार

सर्लाहीमा सडेगलेको अवस्थामा पुरुषको शव फेला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाहीमा सडेगलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईका अनुसार आइतबार साँझ करिब ४ः३० बजेतिर जिल्लाको गोडैता नगरपालिका–६ बग्दहस्थित चिनिमिल नजिक हुलाकी सडकखण्डको छेउमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।

सडकमा आवतजावत गर्ने स्थानीयले सडेको गन्ध आएपछि खोजी गरी प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी चौकी गोडैताबाट प्रहरीको टोली खटिएको थियो ।

प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो ।

मृतकको नाम, थर र ठेगाना भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीले मृतकको पहिचान खुलाउने प्रयाससँगै घटनाको प्रकृतिबारे अनुसन्धान अघि बढाएको छ ।