३२ असार २०८३, बिहिबार

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन र जिल्ला समिति विघटनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक तथा अन्य विविधमा छलफल हुने पार्टीले जनाएको छ ।