बाँके । बाँकेमा शनिबार कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको खजुरा गाउँपालिका–६ स्थित भित्री सडक उढरापुरमा कारले ठक्कर दिँदा स्थानीय बालक अरहान अहमद जोलाहको मृत्यु भएको हो ।
उनलाई बाप्र००१–०३०च २८५१ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
कार चालक खजुरा गाउँपालिका–७ का ४० वर्षीय मोसिन खाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया