३० असार २०८३, मंगलबार

जनतालाई बेघर बनाउने निरंकुश कदमविरुद्ध मेचीदेखि महाकालीसम्मका जनता एक हुनुपर्छ : साम्पाङ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले वर्तमान सरकार सुकुम्बासीको पक्षमा नरहे पनि आफू र आफ्नो पार्टी सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको पक्षमा सधैं रहने बताएका छन् ।

शनिबार बिहान मकवानपुरको हेटौंडा–११ थानाभर्‍याङस्थित सुकुम्बासी बस्ती पुगेका अध्यक्ष साम्पाङले यस्तो बताएका हुन् । संविधानले नै सबै नागरिकलाई बास बस्न पाउने मौलिक अधिकार दिएको उल्लेख गर्दै उनले राज्यले आतंक सिर्जना गरेर नागरिकहरुको घर भत्काउन नमिल्ने बताए ।

जनतालाई बेघर बनाउने सरकारको निरंकुश कदमविरुद्ध मेचीदेखि महाकालीसम्मका जनता एकजुट हुनुपर्ने समय आएको समेत उनले बताए ।

सरकारले गरेका कामहरुको मूल्याङ्कन गरी खराब कामको सवालमा खबरदारी गर्दै आइरहेको उल्लेख गर्दै साम्पाङले नेपाली जनताको बाच्न पाउने अधिकारलाई सुनिश्चित्त गर्न सदनदेखि सडकसम्म आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरे ।