५ कार्तिक २०८३, बिहिबार

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दैछ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बैठक बस्न लागेको हो ।

साँझ ५ बजे बस्ने बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको परिषद् अध्यक्ष एवम् प्रधानमन्त्री बालेन साहको सचिवालयले जनाएको छ ।

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र उपसभामुख रुवीकुमारी ठाकुरलाई आमन्त्रण गरिएको छ ।

सरकारले हालै प्रधानमन्त्रीसहित तीन जनाले समर्थन गरे परिषद्ले निर्णय लिनसक्ने प्रावधानसहितको अध्यादेश ल्याएको थियो ।