११ असार २०८३, बिहिबार

देशैभरका सुकुम्बासीको पक्षमा उभिन श्रम संस्कृतिको आह्वान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको पक्षमा उभिन पार्टीका नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

संघीय सरकारले सार्वजनिक जग्गा अतिक्रमण हटाउन भन्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई परिपत्र गरेपछि वर्षौँदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका सर्वसाधारण सरकारविरुद्ध सडकमा आएपछि साम्पाङले उनीहरुको पक्षमा उभिन आह्वान गरेका हुन् ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै साम्पाङले उनीहरुलाई एक ढिक्का बनाई संरक्षण गर्न पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।

‘श्रम संस्कृतिका समस्त श्रमदाता ज्यूहरुलाई आह्वान ! देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको पक्षमा उभिनुहोला ! वहाँहरुलाई एक ढिक्का बनाई संरक्षण गर्नु होला ! नेतृत्व गर्नु होला ! कसैको बास नउठोस् ! जय माटो ! जय देश’ अध्यक्ष साम्पाङले फेसबुकमा लेखेका छन् ।

अध्यक्ष साम्पाङले जनतालाई आन्दोलित बनाइराख्ने व्यक्ति अभिभावक बन्न नसक्ने भन्दै प्रधानमन्त्री बालेन साहको राजीनामा समेत यसअघि नै मागिसकेका छन् ।