काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ भने चाँदी २० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन हिजो आइतबार सुनको मूल्य २ लाख ९५ हजार १०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।








प्रतिक्रिया