१ श्रावण २०८३, शुक्रबार

मेरापिक बेसक्याम्पबाट फर्किने क्रममा प्रमिस राई बेपत्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोलुखुम्वुको महाकुलुङ गाउँपालिका–१ स्थित मेरापिक हिमाल क्षेत्रको बेसक्याम्प आसपासबाट एक युवक हराएका छन् ।

सोलुखुम्बुकै सोताङ गाउँपालिका–२ माझखर्क बस्ने गिरीराज राईका छोरा १६ वर्षीय प्रमिस राई सनवे होराइजन ट्रेक अफिसको सामानहरु बेसक्याम्पसम्म पुर्‍याएर लुक्ला फर्किने क्रममा वैशाख १७ गते बेपत्ता भएका हुन् ।

राईसँगै सामान पुर्‍याउन गएका उनका साथी २९ वर्षीय राजकुमार राईले फर्किने क्रममा माप्य दुधकोशी गाउँपालिका–७ स्थित छतर खोला आइपुग्दा अत्याधिक हिमपात भएर बाटो बिर्सिदा प्रमिस हराएको घरपरिवारलाई जानकारी गराएका थिए ।

घटनाबारे उनका साथी राजकुमारले परिवारलाई वैशाख १८ गते जानकारी गराएपछि प्रमिसका बुबाले इलाका प्रहरी कार्यालय सोताङमा निवेदन दिएका छन् । त्यसपछि प्रहरी टोली तत्कालै खोजीमा खटिएको छ ।